जर्ज सोरसको यो लगानीमन्त्र जसले पुर्यायो रेलको भरियाबाट अर्बपतिसम्म Sat, Nov 04,2017 समिर गौतम काठमाडौं : जर्ज सोरोस जन्मिंदा विश्व दोस्रो युद्धको तयारीमा जुटिरहेको थियो । सोरस सन् १९३० मा हंगेरीको राजधानी बुढापेष्टको एक सामान्य परिवारमा जन्मेका थिए । उनी यहुदी थिए र सामान्य परिवारमा जन्मेका थिए । हिटलर र उसका नाजी सेना यहुदी विरुद्ध आगो बनेर खनिएका थिए । सन् १९४४–४५ मा नाजीहरुले हंगेरीलाई कब्जामा लिँदा ५ लाख यहुदीहरुको हत्या भयो । यस्तो विषम परिस्थितिमा पनि सोरोस र उनको परिवार बाँच्न सफल भए । सोरोसका पिताले यहुदी पहिचानलाई त्यागी अर्कै कागजपत्र बनाएर आफू र आफ्नो परिवारको जीवन रक्षा गरेका थिए । सन् १९४७ मा आफ्नो जन्मथलो छोडेर सोरोस लन्डन आए र ‘लन्डन स्कूल अफ इकोनोमिक्स’ मा अध्ययन गर्न थाले । लन्डनमा पढाई खर्च जुटाउन सोरोसले रेल स्टेसनको भरिया देखि नाइट क्लबको वेटरसम्म भएर काम गरे । अध्ययन सकेपछि उनले जागिरका लागि लन्डनमा भएका सबै मर्चेन्ट बैंकका व्यवस्थापन प्रमुखलाई अन्र्तवार्ता दिने हेतुले पत्राचार गरेको तर खासै कतैबाट पनि गतिलो जवाफ पाएनन् । जागिरका लागि अन्र्तवार्ता दि...