सावधानी The following two tabs change content below. पूर्णभक्त दुवाल काठमाडौं । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सामाजिक सञ्जालमा जे बोले पनि कारबाही हुँदैन भन्ने भ्रमका कारण धेरैजसो नेपालीहरूले साइबर क्राइम गरिरहेको पाइएको छ । खासगरी यस्तो अपराध विदेशमा बस्ने नेपालीहरूले गर्ने गरेका छन् । उनीहरूमा ‘म विदेशमा छु, त्यसैले नेपाल सरकारले केही गर्न सक्दैन’ भन्ने भ्रम छ । वास्तवमा सरकारले कारबाही नै गर्नुपर्ने अवस्था देख्यो भने कार्यरत मुलुकबाटै पक्राउ गर्न लगाई नेपाल फिर्ता पठाउन सक्छ । यदि यस्तो गर्नु आवश्यक देखेन भने सरकार साइबर अपराधीको घर फिर्ती दिन कुरेर बस्छ । अपराधी नेपाल फर्किने समयमा विमानस्थलबाटै वा घर फर्किसकेपछि घरबाटै सरकारले पक्राउ गर्न सक्छ । महानगरीय अपराध महाशाखाका अनुसार चालू आवको गत वैशाखसम्ममा साइबर अपराधका १ हजार १ सय ७६ घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेषगरी फेसबूक, ईमेल, ट्वीटर, यूट्युब, एसएमएस, एटीएम आदिबाट साइबर अपराधका घटना बढेको पाइएको छ । चालू आवको १० महीनामा साइबर अप...
संदेश
जुलाई, 2018 की पोस्ट दिखाई जा रही हैं