सावधानी

साइबर अपराधबाट बच्न अपनाउनुपर्ने सावधानी
The following two tabs change content below.
काठमाडौं । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सामाजिक सञ्जालमा जे बोले पनि कारबाही हुँदैन भन्ने भ्रमका कारण धेरैजसो नेपालीहरूले साइबर क्राइम गरिरहेको पाइएको छ ।
खासगरी यस्तो अपराध विदेशमा बस्ने नेपालीहरूले गर्ने गरेका छन् । उनीहरूमा ‘म विदेशमा छु, त्यसैले नेपाल सरकारले केही गर्न सक्दैन’ भन्ने भ्रम छ । वास्तवमा सरकारले कारबाही नै गर्नुपर्ने अवस्था देख्यो भने कार्यरत मुलुकबाटै पक्राउ गर्न लगाई नेपाल फिर्ता पठाउन सक्छ । यदि यस्तो गर्नु आवश्यक देखेन भने सरकार साइबर अपराधीको घर फिर्ती दिन कुरेर बस्छ । अपराधी नेपाल फर्किने समयमा विमानस्थलबाटै वा घर फर्किसकेपछि घरबाटै सरकारले पक्राउ गर्न सक्छ ।
महानगरीय अपराध महाशाखाका अनुसार चालू आवको गत वैशाखसम्ममा साइबर अपराधका १ हजार १ सय ७६ घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेषगरी फेसबूक, ईमेल, ट्वीटर, यूट्युब, एसएमएस, एटीएम आदिबाट साइबर अपराधका घटना बढेको पाइएको छ । चालू आवको १० महीनामा साइबर अपराधअन्तर्गत ५४ जनालाई मुद्दा चलाइएको छ । ‘विभिन्न सामाजिक सञ्जालमा ३७ जना, अन्य व्यक्तिको पासवर्ड ह्याकिङ गर्ने दुईजना, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११ जना, एसएमएस गरेर चिठ्ठा प¥यो भनेर ठगी गर्ने तीनजना र यूट्युबमा अनावश्यक विषयवस्तु राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखा, टेकुले उल्लेख गरेको छ । साइबर अपराधमा लाग्नेमध्ये अधिकांश व्यक्ति १२ देखि ४५ वर्षसम्मका रहेको पनि बताइएको छ ।
साइबर अपराध जानेर वा नजानेरै पनि भइरहेको हुन सक्छ । नजानिँदो तवरले अपराध भएपनि मलाई कानून नै थाहा छैन भन्न पाइँदैन । अन्जानमा अपराध भयो भनेर माफी दिइँदैन । अपराध भइसकेका धेरैले मेरो पासवर्ड ह्याक गरेर अरूले गरेको भनेर पन्छिन खोज्छन् । आफ्नो साधनबाट भएपछि त्यसको जिम्मेवारी आफूले नै लिनुपर्ने हुन्छ । बचाउका लागि प्रमाण पेश गर्न सकेन भने अनाहकमा जेल जानुपर्ने हुन्छ । त्यसैले, आफ्नो पासवर्ड र साधन अरूलाई दिनु हुँदैन ।
साइबर अपराधबाट बच्न ध्यान दिनुपर्ने विषय
  • आफूले प्रयोग गर्ने पासवर्ड गोप्य र अनुमान गर्न नसकिने गरी राख्नुपर्छ । साथै, महीना÷दुई महीनामा पासवर्ड परिवर्तन गर्नुपर्छ
  • अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेललाई सकेसम्म खोल्नु हुँदैन र प्रत्युत्तर दिनु हुँदैन
  • साइबर क्याफेजस्ता सबैले कम्प्युटर प्रयोग गर्ने ठाउँबाट सकेसम्म इण्टरनेट बैङ्किङजस्ता संवेदनशील कारोबार गर्नु हुँदैन
  • साइबर होस् वा कार्यालयको नै किन नहोस्, ईमेल र फेसबूकजस्ता सामाजिक सञ्जाल प्रयोग गरिसकेपछि अकाउण्ट लगआउट गर्नुपर्छ
  • विशेषगरी सार्वजनिक स्थलमा इण्टरनेट प्रयोग गर्दा कुनै पनि साइटमा पासवर्डको अभिलेख रहने अप्शनमा टिक लगाउनु हुँदैन । अल्वेज रिमेम्बर र कीप मी लग्ड इनमा ठीक चिनो लागे/नलागेकोमा ध्यान गर्नुपर्छ
  • व्यक्तिगत सूचनाहरू, जस्तै– पासवर्ड, क्रेडिट कार्ड नम्बर र पिनकोड मागिएका ईमेलको प्रत्युत्तर हत्तपत्त दिनु हुँदैन । नम्बर दिनु आवश्यक हो कि होइन भन्ने कन्फर्म गरेर मात्र ईमलेको प्रत्युत्तर दिनुपर्छ
  • सामाजिक सञ्जालमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रूपमा स्वीकार्नुपर्छ
  • अनलाइनमा भेटिएका नयाँ साथीसँग कुरा गर्दा सावधानी अपनाउनुपर्छ
  • आफ्नो र आफ्ना साथीहरूको व्यक्तिगत जानकारी सकेसम्म अनलाइनमा पोष्ट गर्नुहुँदैन । अहिले विभिन्न जासूसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यक्तिगत विवरण अनलाइनबाट सङ्कलन भइरहेको छ

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट